नेपाल तरुण दल पर्साका तत्कालीन अध्यक्ष स्व. बिरेन्द्र पटेलको दोस्रो स्मृति दिवसको मनाइयो

बिरगंज , जेष्ठ २७ गते मंगलवार ।

कोरोना महामारी कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको परिवेशमा लकडाउनको पालना गर्दै नेपाल तरुण दल पर्साका तत्कालीन अध्यक्ष स्व. बिरेन्द्र पटेलको दोस्रो स्मृति दिवसको अवसरमा नेपाल तरुण दल पर्साले मंगलवार  नेपाली कांग्रेस पर्साको पार्टी कार्यालय बिरगंजमा एक कार्यक्रमको आयोजना गरि वहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

श्रर्दान्जली सभा कार्यक्रममा स्व. बिरेन्द्र पटेलले समाज र पार्टीमा गर्नु भएको योगदानको चर्चा गर्दै वहाँको सम्झनामा मौन धारण गरिएको थियोे । नेपाल तरुण दल पर्साका सचिव बिबेक कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, बूथ सभापति अनिल श्रीवास्तव, तरुण दलका केन्द्रिय पार्षद हुकुम सिंह,महाधिवेशन प्रतिनिधि साबिर अहमद, तरुण दलका क्षेत्रीय अध्यक्षहरु अनिल यादव,फणीन्द्र पटेल, दशरथ पटेल, महानगर अध्यक्ष अजय गुप्ता, उपाध्यक्ष जङ्बहादुर पटेल,जिल्ला सदस्यहरु मिकु सिंह,सुशील साह, उपनेश चौरसिया, माटृका आइ फोउन्डेसन का डा. महेश सिंह धामी, नेबि संघका पुर्ब सन्योजक दिलिप राज  कार्की, तरुण  दलका वार्ड अध्यक्ष बाबुनन्द पटेल, राहुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close