
वीरगंज , असार २० गते शनिबार ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री एवम नेपाली काग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा पर्साका दुई पत्रकारहरुलाई सम्मान गरेको थियो ।
जी.पी कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवसिय कार्यक्रम अन्तर्गत शनिबार तेस्रो दिन पत्रकारलाई सम्मान गरेको फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले पर्सा पोस्ट लाई बताउनु भयो ।
सम्मानित हुनु हुनेमा वरिष्ठ पत्रकार कन्हैयालाल केशरी र महिला पत्रकार निलिमा पौडेल रहनु भएको थियो ।उहालाई कदरपत्र सहित नगद २१,०००/- राशि प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासघ पर्साको सभाहलमा शनिबार एक कार्यक्रम बीच प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले सम्मान गर्नु भएको हो।वरिष्ठ पत्रकार केशरी गोरखापत्र सङ्ग आबद्ध हुनु हुन्छ , उहा दुई दशक देखि पत्रकारिता क्षेत्रमा र महिला पत्रकार पौडेल रेडियो बिरगंज सङ्ग आबद्ध हुनु हुन्छ , उहा १२ बर्ष देखि यस क्षेत्रमा काम गर्दै आईरहनु भएको छ ।
फाउन्डेसन पर्साले पहिलो दिन बिहीबार मानव सेवा आश्रम बिरगंजमा रहेका लक्ष्मी नारायणहरु सङ्ग मनाएका थिए , भने दोस्रो दिन शुक्रबार आदर्शनगर पानीटन्कि र ठाकुरराम बहुमुखी क्याम्पस परिसर भित्र आप , लिची , निम , लिचीका विभिन्न प्रजातीका २४३ थान बोट बिरुवाहरु रोपेका थिए ।
जिपि कोईराला फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको सभापतित्वमा र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं तराई मधेस बिभाग प्रमुख अजय कुमार चौरसियाको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा, प्रदेश सभासद ओमप्रकाश शर्मा , प्राध्यापक डाक्टर हरेराम ठाकुर, नेपाली काग्रेस महासमिति सदस्य रामरुप कुर्मी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , पर्साका अध्यक्ष श्याम बन्जरा , प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मी , फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह,सह सचिव मिन्टु देवि सिहं, सदस्यहरु प्रिति सिंह , जितेन्द्र सिंह, बाबु नन्द प्रसाद पटेल, जंग बहादुर पटेल, नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन, प्रेस युनियन पर्साका सचिव किशोर सिंह, फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंप केवट लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।