
बारा, भदौ १४ गते आइतबार ।
विभिन्न मितिमा इ.प्र.का.कवही गोठ र प्रहरी चौकी मटिअर्वा बाराबाट छुट्टाछुट्टै स्थानमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएको तथा नेपालबाट भारत तर्फ निकासीको लागि राखेको मु.रू.४,७१,३००/- बराबरको चिनि, केराउ तथा उक्त मालसामान ओसारपसार गर्न प्रयोग मो.सा. थान-३ समेत बेवारीसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको हुँदा बरामद भई दाखिला हुन आएको उक्त तपसिल बमोजिमको मालसामानहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि आज भन्सार कार्यालय वीरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
निम्न सामानहरु :-
जि.बारा फेटा गा.पा.वडा नं.३ फेटा स्थितबाट प्रदेश नं.२-०३-००३प ६६५६, ना ४१ प ६६५६ नं.को मो.सा.थान-२ र भारतिय चिनि-४ बोरा।
जि.बारा सुवर्ण गा.पा.वडा नं.५ स्थितबाट नम्बर उल्लेख नभएको मो.सा.थान-१ र केराउ ६ बोरा।




