
राजन कुमार बानिया
पोखरिया १९ भादौ
पर्साको छिपहरमाई गाउँपालिका को वार्ड नं २ सानो टिहुकी बाट अाज प्रहरी चौकी टिहुकी ले लागुअौषध गाँजा समेत दुई जना लाई पक्राउ गरेको छ। गाँजा तस्कर हरु ले टिहुकी बाट मोटरसाइकल मा गाँजा लिएर सानो टिहुकी तर्फ लिएर गईरहेको अवस्था मा प्रहरी चौकी टिहुकी का प्रहरी सहायक निरिक्षक पवन झा को नेतृत्वमा रहेको टोली चेकजाँच गर्ने क्रममा ५ किलो ग्राम गाँजा समेत दुई जना पक्राउ परेका छन।
पक्राउ पर्नेहरु मा छिपहरमाई गाउँपालिका वार्ड नं २ टिहुकी गाउँ निवासी गोकुल महतो केवट,र सोही गाउँ निवासी सुजित महतो केवट रहेका छन। उनि हरु को साथ बाट भारतिय नम्बर मोटरसाइकल बरामद भएको छ ।मोटरसाइकल मा लोड गरिएको गाँजा र तस्कर हरु लाई ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएको प्रहरी निरिक्षक चन्द्र कुमार सिंह ले जनाए का छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




