४ महिला सहित ६३ जनाले गरे रक्तदान ।

वीरगंज, जेष्ठ १८ गते मंगलवार ।

बिरगंजमा विगत १ महिना देखि जारी निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम नहुँदा रगतको चरम अभाव भइरहेकोले सो अभावलाई परिपुर्ती गर्न हन्ड्रेड ग्रुप अफ बिरगंज र बिरगंज हेल्प डेस्कको सन्युक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

आज भएको आकस्मिक रक्तदान कार्यक्रममा ४ महिला सहित ६३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी गराउनु भयो । कोहि पनि रगत अभावकै कारण मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायीत्व बहन गर्दै सक्रिय युवाहरुको समूहको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ हेल्प डेस्कका संयोजक किसन सर्राफ र हण्ड्रेड ग्रुप अफ वीरगञ्जका सचिब बिकि सर्राफको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो । हण्ड्रेड ग्रुप अफ वीरगञ्जका अध्यक्ष बिनय गिरीले रक्तदान कार्यक्रमको उद्घघाटन गरेका थिए ।

वीरगञ्जको राधेमाईमा स्थित साउथ जोन स्कुलमा सम्पन्न कार्यक्रममा आशिष गुप्ता, निराजन गुप्ता, जयप्रकाश गिरी, राहुल पटेल, अमित चौरसिया, आयुषराज वर्णवाल, अनिल गिरी, भगत माली, विशेष साह, राहुल पटेल र ज्योती साह लगायतको सक्रियता रहेको थियो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एकजनाको लागि रगतको आवश्यक्ता पर्दा एकजना प्रहरी निरिक्षकले रक्तदान गरेका छन् । डायलासिस गराउँदा आवश्यक परेको रगत जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक कुशल बर्ताैलाले रक्तदान गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close