पश्चिम नवलपरासीमा पनि आफूले अपराध, तस्करी नियन्त्रण लगायतका थुप्रै सुधारका काम गर्ने योजना रहेको बताउँदै एसपी यादव

नवलपरासी/असार २५ । पश्चिम नवलपरासीमा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख एसपी मनोज कुमार यादवले तस्कर र पहुँचवालाले राम्रो काम गर्नेहरुलाई पनि लखेट्ने प्रवृत्ति बढेको बताउनुभको छ ।

आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय परासीमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा एसपी यादवले आफुलाई कपिलवस्तुबाट त्यसैगरी पाँच महिनामै सरुवा गरिएको बताउँदै आफू त्यसबाट बिचलित नभएको बताउनुभयो ।

पश्चिम नवलपरासीमा पनि आफूले अपराध, तस्करी नियन्त्रण लगायतका थुप्रै सुधारका काम गर्ने योजना रहेको बताउँदै यादवले भन्नुभयो, ‘‘तस्कर र पुहँचवालाले सरुवा गरेनन् भने नवलपरासीबाट फुलमाला सहित बिदा हुन्छु ।’’ सिमित जनशक्तिका बीच काम गर्नुपर्ने प्रहरीको बाध्यता रहेको बताउँदै सिमा क्षेत्रको समस्या समाधानका लागि प्रहरीको एकल प्रयासले मात्रै सम्भव नभएको बताउनुभयो ।

पत्रकार समाजका एैना भएका कारण समाज परिर्वतनमा अहम भूमीका रहेको बताउँदै उहाँले सञ्चारकर्मी र प्रहरीलाई काम गर्न चुनौती रहेको हुँदा सहकार्य गरेर अगाडि बढ्नु जरुरी रहेकोमा जोड दिनुभयो । जनता र प्रहरीको सम्वन्ध नङ र मासुको जस्तै रहेको हुँदा दुबैको सहकार्य भए मात्र जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।

जिल्लामा कार्यरत रहदा आफुले कसैसँग पनि गलत काम गर्न सम्झौता नगर्ने प्रतिवद्धता ब्यक्त गर्दै उहाँले कामको १५ बुदे प्रतिवद्धता पत्र समेत जारी समेत गर्नुभएको छ ।

लागु औषध नियन्त्रण गरी युवालाई कुलतबाट टाडा राख्ने कार्यलाई तदारुकताका साथ लागु गर्ने, घरेलु तथा अबैध मदिरा उत्पादन, बिक्री नितरणमा रोक लगाउने, अधिकारको संरक्षण र सम्र्बद्धन गर्दै महीला, बालवालीका तथा जेष्ठ नागरिक बिरुद्ध हुने हिंसाका घट्नामा शुन्य सहनसिलताको निति अवलम्बन गर्ने, भय मुक्त पश्चिम नवलपरासी निर्माण गर्ने लगायत प्रतिवद्धता एसपी यादवले व्यक्त गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close