एउटा भ्रष्टाचारीको कारण वीरगन्ज महानगरको शिक्षा क्षेत्र नै अस्थ ब्यस्थ

एउटा भ्रष्टाचारीको कारण वीरगन्ज महानगरको शिक्षा क्षेत्र नै अस्थ ब्यस्थ

राहुल गुप्ता
विद्यालाई सबै धनभन्दा मुख्य र विद्या दानलाई महादान ठान्ने नेपाली समाजमा शिक्षा क्षेत्रमै कहालीलाग्दो भ्रष्टाचार भइरहेको छ। वीरगन्ज महानगरपालिका अन्तरगत रहेका शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले भ्रष्टाचार माथी भ्रष्टाचार गरि रहेको तथ्य अहिले बाहिरीएको छ । चाहे त्यो शिक्षक सरुवामा होस जाहे स्वयंसेवक शिक्षक नियुक्तिमा होस चाहे बिधालय दिवा खाजामा किनन होस अरबिन्द लाल कर्ण हरेक कुरामा घुस खाएको आरोप लाग्दै आएको छ ।

अहिले वीरगन्ज महानगरको शिक्षा क्षेत्र लाई तहसनहस बनाउने सबभन्दा बढि भुमिका खेल्ने पात्र मध्धे एक अरबिन्द लाल कर्ण रहेको तत्थहरु ले देखाउने गरेको छ । दरबन्दी मिलानको नाममा शिक्षकहरु लाई डर त्रास देखाइ शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले घुसको रकम नै तोकि शिक्षकहरु बाट पैसा माग्ने गरेको शिक्षकहरु ले बताने गरेका छन ।

अहिले शिक्षक दरबन्दी मिलान तथा व्यामते कार्यावधि, २०७६ का आधारमा प्राथमिक तहमा विद्यार्थीसंख्याको आधारमा, निम्नमाध्यमिक र माध्यमिक तहमा विषयको आधारमा दरबन्दी मिलानको स्पष्ट व्यवस्था गरिएको छ । तर शैक्षिक प्रशासन महाशाखाका प्रमुख सोको विपरीत गरीरहेका छन । वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाले दरबन्दी मिलान गर्दा शैक्षिक गुणस्तर कायम नगर्नु र शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गर्नु भन्दा बढी आर्थिक मिलान, व्यक्ति मिलान, आफन्तहरुको मिलान गरिएको नेपाल शिक्षक महासंघ पर्सा समितीले आरोप लगाइरहेका छन ।

त्यस्तै शैक्षिक सत्र २०८० मा महानगरले विभिन्न विद्यालयमा पुस्तकालय र ई-पुस्तकालय शीर्षकमा रकम पठाई आफ्नै ठेकेदारमार्फत पुस्तकालय र ई-पुस्तकालयको कमसल सामग्री परिपूर्ति गराई त्यसवापतको भुक्तानी जबरजस्ती सम्बन्धित विद्यालयबाट गराइरहेको तथा सो भुक्तानी गर्न नमानेका विभिन्न तहका प्र.अ. हरुलाई सोही निहुमा दरबन्दी मिलानको नाममा भरुवा गरी अन्यत्र सरुवा गरिरहेका छन ।

अझै वीरगन्ज महानगरपालिका अन्तरगतका सामुदायिक बिधालयहरुको कक्षा ८ को नगर स्तरीय परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुबाट रु. २५०/- (अक्षरेपी दुई सय पचास मात्र) असुल गरी गराई अरबिन्द लाल कर्ण ले वीरगन्ज महानगरपालिकाको खातामा जम्मा गराई उक्त रकम पुनः सो विद्यालयमा पठाई अदृश्य भ्रष्टचार गरेको व्यवहोरा अनुरोध छ । जब की संघीय सरकारले कक्षा ८ को परीक्षा संचालनको लागि प्रति विद्यार्थी रु. २५०/- (अक्षरेपी दुई सय पचास रुपैया) सहयोग बापत पठाउने गरेको छ ।

वीरगन्ज वडा नं ९ मा रहेको रेल्वे मा.वि. तत्कालीन प्र.अ रहेका मुनि लाल कर्ण ले मा दिवा खाजा मा भ्रष्टाचार गरेको लेखा परिक्षण प्रतिबेदनले देखाए पनि निजमाथि लाखों भ्रष्टाचार लागेपनी शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले स्वजातीय र आफन्त भएकै कारण पुरस्कार स्वरुप श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालय वीरगञ्जमा सरुवा गरेको र वीरगञ्ज महानगरपालिका आधारभूत र माध्यमिक शिक्षा निःशुल्क गरे तापनि मुन्नीलाल कर्णले शैक्षिक सत्र २०८० मा विद्यार्थीहरुबाट नगदै रकम असुल रसिद नै नदिई प्रति विद्यार्थी रु. २०००/- (अक्षरेपी दुई हजार रुपैया) असुल गरेको र वी.म.न.पा.ले गोद लिइएको माध्यमिक विद्यालयद्वारा समेत त्यस्तै रकम असुल गरिएको छ ।

महानगरका मेयर राजेशमान सिंहले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने र गुणस्तरीय शिक्षाका लागि विशेष कार्यक्रम संचालन गर्ने जति भाषण गरेपनी महाशाखा प्रमुखको गलत प्रवृत्तिका कारण मेयरको योजनालाई समेत असफल पारिरहेको छ ।

विद्यालयको दरवन्दी मिलान, शिक्षकहरुको सरुवा र रिक्त दरवन्दीमा विद्यालय व्यवस्थापन समितिले शिक्षक नियुक्ति गर्दा समेत शैक्षिक महाशाखाका प्रमुख कर्णले रकम लिने गरेको गुनासो पटक पटक आउने गरको भएपनी मेयर राजेशमान सिंहले केही कार्वाही नगरेर बसेको देखेर उहालाइ पनि भ्रस्टाचारको ठूलो रकम पुगिरहेको आभास हुन थालेको छ ।

वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुखले हाकाहाकी रकम लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका धेरै भयो । तर पनि आयोगले अहिले सम्म ती उजुरी माथि के कार्वाही भयो भनेर अहिले सम्म सार्वजनिक गरेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close