
वीरगंज, पर्सा
नेपाल राष्ट्रबाद संघ द्वारा राष्ट्रियता झल्काउन एक घर एक राष्ट्रिय झण्डा अभियान पोखरिया बाट सुरु गरेको छ।
नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्सा ले
राष्ट्रको राष्ट्रियता र विश्वले दिएको उपाधि हिन्दुराष्ट्र अधिराज्यमाथि प्रहार भएकोले आजको मितिबाट राष्ट्रियता झल्काउनका लागि प्रत्येक घरमाथि १ एउटा राष्ट्रिय झण्डा हुनैपर्छ अभियान थालेको छ।
हाम्रो मुलुक सनातन हिन्दु अधिराज्य हुनैपर्छ “भन्दै नारा का साथ राजा राजसंस्था हिन्दु अधिराज्य कायम गरेर छाड्ने अभियान ले देशमा शान्ति शुरक्षा बिकास हुनुपर्छ पोखरिया बजारको परिक्रमा गरी नेपाल राष्ट्रबाद संघ केन्द्रीय का केन्द्रिय अध्यक्ष जनकलाल शाहले राष्ट्रिय झण्डा स्थापना गरेकाछन।
उक्त कार्यक्रम नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष संगिता देवी शाह, उपाध्यक्ष उमाशंकर प्रसाद कलवार, हरेराम प्रसाद रौनियार, राजिन्द्र पाल, राधाकृष्ण प्रसाद चौहान,खेदु ठाकुर लोहार,खुबलाल साह कानु,इदा मिया, वकिल देवान,बुला महतो चौहान, पृथ्वी झा, बिष्णु कुमार दास, बजरंगी साह, अच्छेलाल साह, संतोष कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो।