वीरगंज देखि पोखरिया सम्म चल्ने अटोरिक्सा समितिको अध्यक्षमा जलेशवर सरार्फ

वीरगंज, पर्सा

पर्सा जिल्लाको दोश्रो सदरमुकाम पोखरिया पर्सामा बसेको एक बैठकद्वारा जलेशवर सरार्फको अध्यक्षतामा वीरगंज देखि पोखरिया सम्म चल्ने अटोरिक्साको
समिति गठन गरिएको छ।

वीरगंज देखि पोखरिया सम्म आवतजावत गर्ने सर्वसाधारणहरुको सुविधालाई मध्यनजर गर्दा न्युनतम भाडा दरमा संचालन गर्ने निर्णय गरिएकोछ। बसमा यात्रा गर्दा ६०/- र पेट्रोलबाट चल्ने टेम्पोले १००/- रुपैया भाडा लिदा सर्वसाधारणले सास्ती खेपनु परेकोछ।

तसर्थ उनीहरुको विकल्पमा ईरिक्साले ७०/- रुपैया भाडादरमा
सवारी ओसार्ने सर्वसहमतीबाट निर्णय गरिएकोछ। पोखरिया आसपासका सर्वसाधारणहरुलाई अब सास्ती खेपनु नपर्ने नव अध्यक्ष जलेशवर सरार्फले बताउनु भएको छ। त्यस बैठकमा गहवा माई टेम्पो संचालकका पुर्व अध्यक्ष कृष्ण वर्णवाल ईन्चार्ज मनु गीरी धनन्जय गीरी लगायत ईरिक्सा चालकहरूको बाक्लो उपस्तिथि रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close