वीरगंज युवा समाजको ९ औ बार्षिक साधारण सभा सम्पन्न तथा संजिव कृष्ण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

वीरगंज, पर्सा

वीरगंज युवा समाजको ९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको बन्द सत्रबाट संजिव कृष्ण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

वीरगंज युवा समाजको साधारण सभाको उद्घाटन वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले दिप प्रज्वलन गरी उदघाटन गर्नु भएको थियो।

उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले मन्तब्य राख्दै भने युवा देसको शक्ति हुन युवाले नै जुन बेला चाहे परिवर्तन गर्न सकछन किन भने युवाहरु एकजुट भएर कुनै काम गर्न तयार भए त्यो अवश्य नै सफल हुने बताएका थिए साथै यस वीरगंज युवा समाजले त्यसतै सराहनिय कार्य गर्ने छ र वीरगंज युवा समाजको प्रगती गर्ने छ भनि आफ्नो मन्तब्य राखनु भएको थियो।

उक्त ९ औ बार्षिक साधारण सभा कार्यक्रम वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमा भएको कार्यक्रममा बिशिष्ट अतिथि डा.दिपक शाक्य,वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ताको उपस्थिति रहेको थियो।

वीरगंज युवा समाज को ९ औ बार्षिक साधारण सभाको बन्द बाट सर्बसम्मत बाट अध्यक्ष संजीव कृष्ण थापा,उपाध्यक्ष अनुप अग्रवाल,सुभद्रा राणा भट्टराई,सचिव दिवश सिंह ठकुरी,
सह-सचिव विवेक कर्ण,कोषाध्यक्ष मणि हर्ष शाक्य,सह-कोषाध्यक्ष अस्मिता गौतम,सदस्यहरु सृष्टि बिस्ट,सुशील कुमार श्रेष्ठ,बिनोद धिमाल,अमित गुप्ता लगायत ११ सदस्य कार्यसमिति चयन भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close