उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सल्लाहकार समितीको सदस्यमा डा सुबोध गुप्ता मनोनीत

बिरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवम हाल नेपाल उद्योग वाणिज्य महासघं अन्तर्गत रहेको ब्यापार समितिका सभापति डा.सुवोध कुमार गुप्ता उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सल्लाहकार समितीको सदस्यमा मनोनीत भएका छन।

ब्यापार तथा चेम्बर क्षेत्रमा रहेर योगदान, अनुभव प्राप्त गरेका एवम बिज्ञ समेत भएका ले डा. गुप्ता लाई ब्यवसाय र ब्यवसायीहरु को समष्टिगत बिकास का लागि सल्लाहकार समिति को सदस्य मा मनोनीत गरिएको उद्योग वाणिज्य महासंघ मधेश प्रदेश का अध्यक्ष अशोक कुमार टेमानी द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

लामो समय देखि ब्यापार ब्यवसाय मा सक्रिय रुपमा लागेका डा. गुप्ता नेपाल क ब्यापार ब्यवसाय को समस्या समाधान को लागि सधै अवाज उठाउदै आइरहेका छन । हाल उनी मोहित ग्रुपका कार्यकारी निर्देशक समेत रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close