
बीरगञ्ज स्पोर्ट्स एकेडेमीको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बीरगञ्ज स्पोर्ट्स एकेडेमीले २०८१ माघ १९ गते शनिबारको दिन भुटनदेवी मन्दिरमा पिकनिक गरी आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।
सो एकेडेमीका अध्यक्ष सन्दीप गुप्ता कानुको अध्यक्षतामा भएको १४ औ साधारण सभा कार्यक्रममा उपाध्यक्ष शरदचन्द्र चौरसिया सचिव नरेश प्रसाद रौनियार कोषाध्यक्ष प्रमोद कुमार गुप्ता संरक्षक बैकुण्ठ श्रीवास्तव लगायतका अन्य सदस्यहरूको उपस्थित रहेको थियो ।
सो कार्यक्रममा संस्थाले विभिन्न बुँदाहरूमा छलफल गरी निर्णय गरी अगाडि बढ्ने निर्णय गर्दै साथै सस्था को भाबी कार्ययोजना,लेखापरिक्षक को नियुक्ती,लेखा प्रतिबेदन,लगायत का बिषयमा छलफल गरि निर्णयहरु गरिएको छ ।
यसैगरी यो संस्थाले बीरगञ्जका विभिन्न व्यक्तित्वहरू लाई जस्तै बासु तिमल्सिना, निशान्तकुमार लामिछाने,मनोज उपाध्याय ,श्याम गुप्ता, रिकेश शाह विजया ओझैया सन्जिता प्याकुरेल नरोत्तम पाण्डे र भानुभक्त अधिकारी लाई नयाँ सदस्य नियुक्ति गरेको छ। त्यसैगरी सो कार्यक्रममा निशान्तकुमार लामिछाने बासु तिमल्सिना मनोज उपाध्याय तथा विजया ओझैयाले आफ्नो मन्तव्य राखी संस्थाको उज्ज्वल भविष्यको कामना गरेको थिए भने कार्यक्रम को सहजीकरण सस्थाका बासु तिमल्सिनाले गरेका थिए!




