
राहुल गुप्ता/बिरगंज
जिल्ला प्रशासन कार्यालय पर्साले पर्सामा सञ्चालित स्वास्थ्य
संस्था तथा अस्पतालहरुलाई सुधार गर्न जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफलमा बोलाए छन। स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन छलफलका लागि उपस्थित हुन स्वास्थ्यक्षेत्र सँग सम्बन्धित सरोकारवालाहरुलाई बोलाएको हो ।
पर्साका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल गर्न माघ ६ गते आइतबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थिति हुन सूचना जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्वास्थ्य कार्यालय पर्सा, नेपाल चिकित्सक संघ बिरगंज नारायणी सहित पर्साका ४२ वटा समुदायिक र निजि अस्पतालका संञ्चालक,व्यवस्थापक,प्रमुखहरुलाई अनिवार्य रुपमा उपस्थित हुन भनेको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




