
राजन कुमार बानिया
भिस्वा २८ असार
पर्साको छिपहरामाई गाउँपालिका वार्ड नं ५ भिस्वा बाट ईलाका प्रहरी कार्यालय भिस्वा को टोली ले कपडा बरामद गरेका छन।
भारतको सिकटा बजारबाट अबैध रुपमा भन्सार छली गरि नेपाल भित्राएको अवस्थामा प्रहरी नायब निरिक्षक प्रेम खत्रीको कमाण्डमा रहेको टोलीले कपडा बरामद गरेको छ। बरामद कपडामा गंजि, जान्घिया, गेमपाईट लगायतको कपडा बरामद गरिएको छ।बरामद गरिएको कपडा ९ सय थान रहेको र कपडा को मुल्य करिब १ लाख भनदा बढी रहेको छ। बरामद गरिएको कपडा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाउन लागिरहेको खत्रीले जनाएका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




