
राजन बानिया
पोखरिया ११ सावन
पर्साकाे बहुदरमाई नगरपालिकाबाट प्रहरीले छापामारी गरि ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिकाे वडा नं.-९ बिश्रामपुरस्थित धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको छ।
पाँच किलो गाँजासहित पक्राउ परेका साेही ठाउँका ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको छ।
गाँजासहित दुबै जनालाई पक्राउ गरी ल्याउने क्रममा प्रहरी र स्थानियहरु बिच झडपसमेत भएको थियो ।
गाँजा तस्करीमा संलग्न ३ जना मध्ये २ जना पक्राउ परेको र १ जना धनिलाल साह कलवार फरार रहेकोले पक्राउ गर्न उसको घरमा प्रहरी पुग्दा उनीसहित घरका सबै मान्छे फरार भएकाे प्रहरीले जनाएको छ
धनिलाल कलवारको घरमा कोई नभएको अवस्थामा घरमा रहेको गेहु राखिएको ड्रममा लुकाई छुपाई राखिएको ४५ किलाे गाँजा बराम्मद भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।पक्राउ परेका लाई बिषेश अनुसंधान भईरहेको प्रहरी ले जनाएका छन।




