
बिरगंज , बैशाख १९ गते आइतबार ।
आइतबार अन्दाजी दिउसो ०१:१५ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.५ निचुटा बस्ने बर्ष ३७ को लक्ष्मी राउत कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्सा मातहत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटी गएको टोलीले निजको घर रीतपूर्वक खानतलासी गर्दा निज सुत्ने कोठामा रहेको टिनको बाक्सभित्र हरियो रंगको ब्यागमा लागु औषध चरेश २ के.जी.९०० ग्राम फेला परेकोले सो लागु औषध चरेश बरामद गरी निज लक्ष्मी राउत कुर्मीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा आजै सम्मानित पर्सा जिल्ला अदालतबाट दिन (५) पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




