
बिरगंज , मंसिर ०१ गते सोमबार ।
पर्सा प्रहरीले लागू औंषध चरेस ४ केजि ८९० ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको अाधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटि गएको प्रहरी टोलीले आज बिहान १०बजे जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१६ मितेरीपुल नजिकै पक्की सडक खण्ड स्थितमा नेपालबाट भारत तर्फ जादै गरेको पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथबाट निम्न परिमाणको लागु औषध चरेश समेत नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय विर्तामा ल्याइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जि.पर्सा बीरगंज म.न.पा.वडा नं.३ छप्कैया बस्ने राजेश नारायण श्रीवास्तवको छोरा बर्ष २८ को अभिषेक श्रीस्तवको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम र जि.पर्सा बीरगंज म.न.पा.वडा नं.५ बस्ने बबु पटेलको छोरा बर्ष २३ को धिरज पटेलको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम बरामद भएको छ ।




