
राहुल गुप्ता
जिल्ला पर्सा वीरगंज म.न.पा.-२४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखिएको कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।बिशेष सुराकिको आधारमा सशस्त्र प्रहरी बल गण नं १३ पर्सा र वीरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले अन्दाजी रु ५,८३,४५०।- कपडा बरामद गरेको थियो ।
सो बरामद गरेको कपडालाई आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठले जानकारी गराएका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस